काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । सोमवार छापावाला सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला ९८ हजार १ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँमा कायम भएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।