भक्तपुर । भक्तपुर क्षेत्र नबर एकमा मतगणना शुरू भएको छ । अहिले बिहान नौ वजेदेखि मतगणना शुरू भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सो क्षेत्रको चाँगुनारायण माविको क र खबाट मतगणना शुरू गरिएको जनाइएको छ । क्षेत्र नम्बर १ मा ७४ हजार १९ मत खसेको छ । सो क्षेत्र नेपाल मजदुर किसान पार्टीको बाहुल्यता रहेको छ ।
सोहि क्षेत्रको चाँगुनारायण प्रदेशमा भने नेपाली कांग्रेसका उम्मेदवार शुरेश श्रेष्ठ र एमालेका मोहनबिर श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखिन्छ ।