काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । हालसम्मको मतपरिणम अनुसार नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १ हजार ३ सय ६७ मतले अग्रता हासिल गरेका छन् ।
उनलाई पछ्याउदै लौरो चुनाव चिह्न भएका हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले ८ सय ९७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी एकीकृत समाजवादीका प्रेमलाल महर्जनले ८ सय ७७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जन ७ सय ९० मत र राप्रपाका रघुवर राज थापाले ६ सय ७६ मत प्राप्त गरेका छन् ।
ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा जारी छ ।