images
images

कास्की २ मा स्वतन्त्र पार्टीको अग्रता, पछ्याउँदै एमाले


  • 394
    SHARES
  • २०७९ मंसिर ५ गते सोमबार

    कास्की २ मा स्वतन्त्र पार्टीको अग्रता, पछ्याउँदै एमाले

    पोखरा । कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ । 

    प्रतिनिधिसभा सदस्यको ५ सय मतगणना गर्दा स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उम्मेदवार माधवराज कँडेलले सबैभन्दा धेरै १ सय ६२ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) की विद्या भट्टराईले १ सय २२ मत प्राप्त गरेकी छिन् भने गठबन्धनको तर्फबाट समाजवादीका उम्मेदवार श्रीनाथ बरालले १ सय १० मत प्राप्त गरेका छन् । त्यस्तै, राप्रपाका सुवर्णराज पन्तले ७५ मत प्राप्त गरेका छन् । 

    निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा सदस्यको मतगणना पनि सुरु भइरहेको र केही समयमा प्रारम्भिक नतिजा सार्वजनिक गरिने बताइएको छ । 

    त्यस्तै कास्की निर्वाचन क्षेत्र नं १ र ३ को मतगणना बिहान ११ बजेदेखि सुरु गरिने निर्वाचन कार्यालय पोखराका प्रदेश निर्वाचन अधिकृत हुमप्रसाद पराजुलीले बताए ।

     


    images
    images

    Logo