images
images

भक्तपुरमा ७२ प्रतिशत मतदान, गणनाको टुंगो सर्वदलीय वैठकपछि


  • 320
    SHARES
  • २०७९ मंसिर ४ गते आइतबार

    भक्तपुरमा ७२ प्रतिशत मतदान, गणनाको टुंगो सर्वदलीय वैठकपछि

    भक्तपुर ।  भक्तपुरमा ७२ प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय भक्तपुरका अनुसार, आइतबार भएको ‘प्रतिनिधिरप्रदेश सभा निर्वाचनमा ७२ प्रतिशत मत खसेको हो ।

    प्रतिनिधि सभाका दुई र प्रदेश सभाका चार सदस्य रहेको भक्तपुरमा २ लाख २ हजार ५ सय २८ मतदाता रहेका छन् । जसमध्ये क्षेत्र नम्बर १ मा ७४ हजार १९ मत अर्थात्, ७२ दशमलव १९ प्रतिशत मत खसेको छ । त्यस्तै ९१ हजार ९ सय ११ मतदाता रहेको क्षेत्र नम्बर २ मा ६५ हजार ९ सय १९ मत अर्थात्, ७१ दशमलव ७२ प्रतिशत मत खसेको छ ।

    जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख  नरेन्द्रप्रसाद न्यौपानेका अनुसार आइतबार साँझसम्म मतपेटिका संकलन गरी मतगणना स्थलमा  पुर्‍याइएको छ ।  अब बस्ने सर्वदलीय बैठकले मतगणनाको टुङ्गो लाग्ने बताइएको छ ।

    मतगणनास्थलमा सीसी क्यामरा तथा तारजाली लगाएर तयारी अवस्थामा राखिएको छ भने गणनाका लागि दलका प्रतिनिधिको टुंगो लगाइएको छ । भक्तपुर क्षेत्र नम्बर १ को मतगणनाको लागि विद्युत् प्राधिकरण तालिम केन्द्र खरिपाटी र क्षेत्र नम्बर २ को मतगणनाको लागि कृषि विकास बैंक तालिम केन्द्र बोडेमा मतगणनाको लागि सीसी क्यामरा जडान गरी तारजाली लगाइएको छ।

    क्षेत्र नम्बर १ तर्फको मतगणनास्थल खरिपाटीमा प्रदेश सभा १ र २ को छुट्टाछुट्टै तथा प्रतिनिधि सभाको दुईस्थानमा मतगणनास्थल निर्माण गरिएको छ । सो क्षेत्रमा ५ वटा सीसी क्यामरा जडान गरिएको छ ।

    त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ को मतगणनास्थल बोडेमा प्रदेश सभा १ र २ को छुट्टाछुट्टै तथा प्रतिनिधि सभा सदस्यको दुईस्थानमा मतगणनास्थल निर्माण गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

    सो मतगणना स्थलमासमेत ५ वटै सीसी क्यामरा जडान गरी तारजाली लगाइएको छ । मतगणनास्थल सुरक्षाको लागि सीसी क्यामरा जडान तथा तारजालीको व्यवस्था गरेको  जनाइएको छ ।


    images
    images

    Logo