images
images

बाजुरामा गोली लागेर एकको मृत्यु, तीनजना घाइते


  • 349
    SHARES
  • २०७९ मंसिर ४ गते आइतबार

    बाजुरामा गोली लागेर एकको मृत्यु, तीनजना घाइते

    धनगढी । निर्वाचनका क्रममा बाजुरामा गोली लागेर एक जनाको ज्यान गएको छ । अन्य तीनजना घाइते भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको हो ।

    मृतकको शव मतदान स्थलमा रहेको विद्यालयमा राखिएको छ । यस क्रममा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अएडी छन् ।

    घाइते तीनै जनालाई अहिले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाइ फायर गरेको जनाइएको छ । बिवादवछि सो स्थानमा मतदान  रोकिएको जनाइएको छ।


    images
    images

    Logo