भक्तपुर । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तर्गत आज भक्तपुरमा एमाले अध्यक्ष केपी ओली लगायतका बिशिस्ठहरूले मतदान गरेका छन् । ओलीले बालकोटस्थित महेन्द्र शान्ति स्कुलमा मतदान गरेका हुन ।
त्यस्तै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मध्पुर थिमिको लोकन्थली केन्द्रमा तथा पुर्व मन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतले सुर्यविनायकको गुण्डुमा मतदान गरेका छन् । त्यस्तै नेपाली काँग्रेस जिल्ला सभापति तथा प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार उम्मेदवार दुर्लभ थापाले सुर्यविनायकको कटुनजेबाट मतदान गरेका छन् ।

त्यस्तै नेमकिपाकी सोहि क्षेत्रकी प्रतिनिधि सभाकी उम्मेदवार अनुराधा थापाले सानोथिमि केन्द्रबाट मतदान गरेकी छिन । त्यस्तै नेपाली काँग्रेसबाट सुर्यविनायक प्रदेश सभा सदस्यका उम्मेदवार बिष्णु राज कर्कीले बालकोट केन्द्रमा, उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार किरण थापाले सिपाडोलमा मतदान गरेका छन ।

त्यस्तै थिमि प्रदेश सभा सदस्यका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा। राजेन्द्र मान श्रेष्ठ र उनका एमालेका प्रतिस्पर्धी चन्दन कृष्ण श्रेष्ठले मध्यपुरको बालकुमारी केन्द्रमा मतदान गरेका छन् । त्यसैगरी चाँगु प्रदेशका काँग्रेस उम्मेदवार शुरेस श्रेष्ठ तथा उनका प्रतिस्पर्धी एमाले उम्मेदवार मोहनबीर श्रेष्ठले चाँगुनारायण केन्द्रमा मतदान गरेका थिए ।
भक्तपुर क्षेत्र नं. २ को मध्यपुर थिमि नगरपालिका १ लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रमा मतदान गरेका प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान पछि पत्रकारहरुसँग कुराकानी गर्दै मतपेटिका संकलन भइसकेपछि सर्वदलीय छलफलपश्चात आजै मतगणना शुरु हुने बताए।



