images
images

विश्वकप फुटबल प्रतियोगिता आज राति ९:४५ बजेदेखि, मोबाइलबाट हेर्न मिल्छ की मिल्दैन ?


  • 1.1K
    SHARES
  • २०७९ मंसिर ४ गते आइतबार

    विश्वकप फुटबल प्रतियोगिता आज राति ९:४५ बजेदेखि, मोबाइलबाट हेर्न मिल्छ की मिल्दैन ?

    काठमाडौं । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजेदेखि सुरु हुनेछ । 

     करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा प्रतिस्पर्धाका लागि ३२ टोली छानिएका छन्। लीग खेल प्रत्येक समूहका चारचार टोलीबीच हुनेछ। विश्वकपमा सहभागी हुने ३२ राष्ट्रमा युरोपका १३ देश छन्।

    नेपालमा मोबाइल वा अन्य माध्यमबाट फुटबलको प्रत्यक्ष प्रशारण हेर्न नपाइने भएको छ । नेपालभित्र विश्वकपका सबै खेल हिमालय प्रिमियम र हिमालय टीभी एचडीबाट मात्र हेर्न सकिनेछ । पहिलोपटक विदेशी च्यानलहरुलाई नेपालमा विश्वकप प्रसारण निषेध गरिएको छ ।

    विश्वकप हेर्न शुल्क तिर्नुपर्ने, कति लाग्छ शुल्क ?

    विश्वकपमा यसभन्दा अघिका संस्करणहरू सहज तरिकाले हेर्न मिल्ने व्यवस्था रहेकोमा यसपटक भने शुल्क तोकिएको छ । विश्वपकपको फाइनल खेल आगामी पुस ३ गते हुनेछ ।

    विश्वकप हेर्न १२ लाख दर्शक कतार पुग्दै, कति पर्छ टिकटको मूल्य ?


    images
    images

    Logo