काठमाडौं । दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा सिराहामा मत पेटिका खोसाखोसको भएको छ । सो अवस्थालाई नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फाएर गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबीच विवाद बढेपछि मतपेटिका खोसाखोस हुन थालेको हो ।
सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा गोली चलेपछि केहीबेर मतदान स्थगित भएपनि अहिले पुन मतदान सुरु भएको छ ।