images
images

चितवनमा प्रहरीले गर्यो हवाई फायर


  • 331
    SHARES
  • २०७९ मंसिर ४ गते आइतबार

    चितवनमा प्रहरीले गर्यो हवाई फायर

    काठमाडौं । चितवन क्षेत्र नम्बर–१ को राप्ती–८ स्थित ब्रम्हस्थानी आधारभूत विद्यालयको मतदान केन्द्रमा प्रहरीले हवाइ फायर गरेको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले निर्वाचन बिथोल्ने प्रयास गरेपछि प्रहरीले हवाइ फायर गरेको हो।

    नेकपा माओवादीका १५–२० जनाको समूहले निर्वाचन बिथोल्ने प्रयास गरेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो । 

    हवाई फायरपछि उनीहरू भागेको छन् । अहिले उनीहरुको खोजी कार्य भइरहेको र मतदान भने पुनः सुरू भइसकेको छ ।


    images
    images

    Logo