तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–१ मा एमालेका कार्यकर्ता पक्राउ परेका छन् । शनिवार बेलुका कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि प्रहरीले एमालेका कार्यकर्तालाई पक्राउ गरेको हो ।
प्रहरीले दुईजना एमाले कार्यकर्ता पक्राउ गरेपछि अझैसम्म मतदान सुरू हुन सकेको छैन । झडपका कारण घिरिङ गाउँपालिका-१ पुट्टारस्थित कृष्ण मावि मतदान केन्द्रमा मतदान कार्य सुचारु हुन नसकेको हाे ।