images
images

विश्वकप फुटबल आजदेखि, हिमालय टेलिभिजनबाट हेर्न सकिने


  • 1.5K
    SHARES
  • २०७९ मंसिर ४ गते आइतबार

    विश्वकप फुटबल आजदेखि, हिमालय टेलिभिजनबाट हेर्न सकिने

    काठमाडौं । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ । 

    उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजेदेखि सुरु हुनेछ । 

    कतार र इक्वेडर दुवै टोली उद्घाटन खेलमा जित निकाल्दै विश्वकपमा सुखद सुरुआत गर्ने योजनाका साथ मैदानमा उत्रनेछन् । मध्यपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना हुन लागेको विश्वकपको उद्घाटन खेलअघि औपचारिक उद्घाटन समारोह हुनेछ । 

    आयोजक कतारको समूहमा नेदरल्याण्ड, इक्वेटर र सेनेगल छन् । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । 

    कतारका आठ वटा रङ्गशालामा आयोजना हुने विश्वकपको समूह ‘बि’मा इङ्ग्ल्यान्ड, इरान, अमेरिका र वेल्स छन् भने समूह ‘सि’मा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड छन् ।
     
    त्यस्तै समूह ‘डि’मा फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया छन् । समूह ‘इ’ मा स्पेन, कोस्टारिका, जर्मनी र जापान छन् । यसैगरी समूह ‘एफ’मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया छन् भने समूह ‘जि’ मा ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन् ।

    समूह एचमा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया छन् । हरेक समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । विश्वपकपको फाइनल खेल आगामी पुस ३ गते हुनेछ ।

    नेपालभित्र विश्वकपका सवै खेल हिमालय प्रिमियम र हिमालय टीभी एचडीबाट मात्र हेर्न सकिनेछ । पहिलोपटक विदेशी च्यानलहरुलाई नेपालमा विश्वकप प्रसारण निषेध गरिएको छ । हिमालय प्रिमियम, नेपालका लागि फिफा विश्वकप २०२२ को एक्सक्लुसिभ टेलिभिजन प्रसारक हो ।


    images
    images

    Logo