images
images

सोलुखुम्बुमा मतदान अधिकृत मृत फेला


  • 361
    SHARES
  • २०७९ मंसिर ३ गते शनिबार

    सोलुखुम्बुमा मतदान अधिकृत मृत फेला

    सोलुखुम्बु ।  सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत फेला परेका छन । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित एक मतदानकेन्द्रका अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका हुन् । फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
     
    प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनीलजङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय बिहान ४ बजे अन्य कर्मचारीले उठाउन खोज्दा ओछ्यानमै मृत भेटिएका हुन् ।

    घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थल पुगिसकेको छ । सर्लाही हरिपुर्वा नगरपालिका ५ घर भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए ।

    उनले लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएको स्थानीयले बताए । जिल्लामा निर्वाचनमा खटिएका मतदान अधिकृतको मृत्यु भएको यो पहिलो घटना हो ।

     


    images
    images

    Logo