images
images

मतदान केन्द्रमा खटिएकी एक कर्मचारीको मृत्यु


  • 369
    SHARES
  • २०७९ मंसिर ३ गते शनिबार

    मतदान केन्द्रमा खटिएकी एक कर्मचारीको मृत्यु

    धनकुटा । धनकुटामा मतदान केन्द्रमा खटिएकी एक कर्मचारीको  मृत्यु भएको छ । जिल्लाको साँगुरीगढी गाउँपालिका–३  सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी एक कर्मचारीको शुक्रबार अपराह्न मृत्यु भएको हो । मृत्यु हुनेमा सीतादेवी मावि खरखोलेकी ३५ वर्षीया शिक्षिका पवित्रा याखा लिम्बू रहेको जनाइएको छ । 

    मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्कंदै गरेकी लिम्बू अचानक बेहोस भएको मतदान अधिकृत प्रज्ज्वल पोखरेलले जानकारी दिए ।

    उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको बताइएको छ । उनी मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी थिइन् । उच्च रक्तचापको समस्या रहेकी लिम्बू सोही कारण बेहोस भएको हुन सक्ने बताइएको छ ।


    images
    images

    Logo