images
images

निःशुल्क १२ जीबी डेटासहित टेलिकमले ल्यायो विश्वकप फुटबल अफर 


  • 892
    SHARES
  • २०७९ मंसिर ३ गते शनिबार

    निःशुल्क १२ जीबी डेटासहित टेलिकमले ल्यायो विश्वकप फुटबल अफर 

    काठमाडौं ।  मंसिर ४ गतेदेखि कतारमा आयोजना हुने विश्वकप फुटबल–२०२२ हेर्न नेपाल टेलिकमले आफ्ना एनटीटीभी ग्राहकहरुका लागि ुफिफा वर्ल्डकपु प्याकेज उपलब्ध  गराउने भएको छ । विश्वकप हेर्नका लागि निर्धारित करसहितको शुल्क ५६५ रुपैयाँ एनटीटीभीका ग्राहकले कम्पनीका ग्राहक सेवा केन्द्रमा नगई घरमै बसेर खरिद गर्नसक्ने छन् ।

    यसका लागि विश्वकप प्रसारण हुने हिमालय प्रिमियर एचडी टेलिभिजन च्यानलमा गई ‘बाई प्याकेज’ मा क्लिक गरी आफ्नो मोबाइल नम्बर इन्ट्री गर्नुपर्ने बताइएको छ । त्यसपछि नेपाल टेलिकमबाट प्राप्त ओटीपी प्रयोग गरी सेवा खरिद गर्न सकिन्छ ।

    सेवा खरिद गर्दा ग्राहकको मोबाइल ब्यालेन्सबाट रकम काटिने कम्पनीले जनाएको छ । फिफा वर्ल्डकप प्याकेज खरिद गर्ने कम्पनीका एनटीटीभी सेवाका ग्राहकले उक्त प्याकेज खरिद गर्न प्रयोग गरिएको मोबाइल नम्बरमा कम्पनीका तर्फबाट २८ (अठ्ठाइस) दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डेटासमेत निःशुल्क पाउने भएका छन् ।

    साथै यो प्याकेज लिन चाहने एनटीटीभीका ग्राहकहरुले नजिकको कम्पनीको ग्राहक सेवा केन्द्रमा गएर पनि शुल्क भुक्तानी गर्नसक्ने कम्पनीले जनाएको छ ।

     


    images
    images

    Logo