फेरि बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर
302
SHARES
२०७९ मंसिर ३ गते शनिबार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ।
शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँमा कायम रहेको छ ।शुक्रवार डलर १ सय ३० रुपैयाँ ९५ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३५ रुपैयाँ २६ पैसा र बिक्री दर १ सय ३५ रुपैयाँ ७२ पैसा रहेको छ । बिहीवार युरोको कारोबार १ सय ३५ रुपैयाँ ८८ पैसामा भएको थियो । बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५५ रुपैयाँ ४६ पैसा र बिक्री दर १ सय ५६ रुपैयाँ १८ पैसा रहेको छ।