images
images

यात्रु अलपत्र पारेपछि वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण


  • 272
    SHARES
  • २०७९ मंसिर २ गते शुक्रबार

    यात्रु अलपत्र पारेपछि वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

    काठमाडौं । नेपाल वायुसेवा निगमले हवाइजहाजको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ । यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित ३ दिनभित्र स्पष्टीकरण पेश गर्न र अलपत्र परेका यात्रुलाई शनिबारभित्रै गन्तव्यमा पुर्याउन प्राधिकरणले शुक्रबार निगमलाई निर्देशन दिएको हो । 

    निगमको मङ्सिर १ गते (बिहीबार)को दुईवटा उडानमा सिट क्षमताभन्दा बढी टिकट काटिएका कारण एअरपोर्टमा पुगेका यात्रुलाई फर्काइएको थियो । टिकट काटेर एअरपोर्ट पुगेका यात्रुलाई हवाइजहाजमा सिट नगरेको भन्दै उतारेपछि निगमलाई कारबाही गर्न उनीहरूले प्राधिकरणमा उजुरी गरेका थिए ।

    ‘मिति २०७९ मङ्सिर १ गतेको उडान नम्बर आरए–२३९को काठमाडौँदेखि दोहा तथा उडान नम्बर आरए २२९ को काठमाडौँ–दुबई जाने हवाइजहाजमा यात्रुलाई ओभर बुकिङको कारणले अफ लोड भएको गुनासोसहित यात्रुको निवेदन प्राधिकरणमा प्राप्त भएको छ”, प्राधिकरणले आज निगमलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।” अब उप्रान्त यस किसिमको कमि कमजोरी नगर्न पनि प्राधिकरणले निगमलाई निर्देशन दिएको छ ।


    images
    images

    Logo