काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई १ करोड ३२ लाख रुपैयाँ तलब भत्ता दिएको छ । बैंकले सीईओ रमेशराज अर्यालललाई उक्त रकम तलव भत्ता वापत दिइएको हो । बैंकले अन्य पदाधिकारीलाई ३ करोड रुपैयाँ भुक्तानी गरेको छ ।
वार्षिक साधारण सभाको निर्णय एवं नेपाल राष्ट्र बैङ्कको स्वीकृति बमोजिम प्रत्येक बैठक भत्ता बापत अध्यक्षलाई १६ हजार र सञ्चालकहरूलाई १४ रुपैयाँ दिने गरेको बैंकले जनाएको छ । साथै, बैंकले बैठक भत्ता बाहेक सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई टेलिफोन तथा पत्रपत्रिकाका लागि मासिक ८ हजार रुपैयाँ दिने गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा सञ्चालक समितिका सदस्यहरूलाई बैठक भत्ता बापत ५८ लाख ५० हजार र अन्य खर्च ५९ लाख ९ हजार भुक्तानी गरेको बैंकले जनाएको छ ।



