images
images

घरेलु मैदानमा पहिलो पटक नेपालले जित्यो शृंखला


  • 358
    SHARES
  • २०७९ मंसिर २ गते शुक्रबार

    घरेलु मैदानमा पहिलो पटक नेपालले जित्यो शृंखला

    काठमाडौँ । घरेलु मैदानमा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला जितेको छ । नेपालले आसिफ शेख र ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीमा  यूएईलाई ६ विकेटले पराजित गर्दै ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला २–१ ले जितेको हो ।
     
    १ सय ७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा ४ विकेको क्षतिमा पुरा गर्‍यो । यसै वर्षको मार्चमा नेपालले घरेलु मैदानमा खेलेको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पपुवा न्य गिनीसँग २–० ले पराजित भएको थियो ।

    अर्जुन साउद ९ रनमा आउट भएपछि आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटमा १ सय २२ रन जोडेका थिए । यो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको दोस्रो ठूलो साझेदारी हो । मार्चमा पपुवा न्यु गिनीविरुद्ध देव खनाल र दीपेन्द्रसिंह ऐरीले यसअघि तेस्रो विकेटमा १ सय २९ रन जोडेका थिए ।

    ज्ञानेन्द्र ६३ रन बनाई आउट भए । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको उच्च स्कोर पनि हो । गत वर्ष मस्कटमा ओमानविरुद्ध अविजित ५२ रन बनाएयता यो उनको पहिलो अर्धशतक हो ।

    आयन खानको बलमा एलबीडब्लु आउट हुनु अघि उनले ७३ बल खेली ७ चौका र ३ छक्का प्रहार गरे ।


    images
    images

    Logo