images
images

काठमाडौँमा ५ हजार ७ सय ७९ सुरक्षाकर्मी परिचालन


  • 269
    SHARES
  • २०७९ मंसिर २ गते शुक्रबार

    काठमाडौँमा ५ हजार ७ सय ७९ सुरक्षाकर्मी परिचालन

    काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा निर्वाचनका लागि ५ हजार ७ सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, भयरहित र शान्तपूर्णरुपमा सम्पन्न गर्न  पाँच हजार सात सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको हो ।

    प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गए राति १२ बजेदेखि  प्रचारप्रसार निषेधको अवधि सुरू भइसकेको छ । निर्वाचन  शान्तपूर्णरुपमा सम्पन्न गर्न संवेदनशील मतदानस्थलमा केन्द्रीय सुरक्षा नीतिअनुसार प्रहरी परिचालन गरिएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले निर्वाचनलाई शान्तपूर्णरुपमा सम्पन्न गर्न काठमाडौँका ३ सय २० मतदानस्थल र ७ सय ५७ मतदान केन्द्रमा २ हजार ५ सय नेपाल प्रहरी र ३ हजार २ सय ७९ म्यादी प्रहरी परिचालन गरिएको राससलाई जानकारी दिए ।

    काठमाडौँको क्षेत्र नं १ मा नेपाल प्रहरी १ सय ११, म्यादी प्रहरी २ सय १८, क्षेत्र नं २ मा नेपाल प्रहरी २ सय १७, म्यादी प्रहरी ४ सय १, क्षेत्र नं ३ मा नेपाल प्रहरी १ सय ६४, म्यादी प्रहरी २ सय ९०, क्षेत्र नं ४ मा नेपाल प्रहरी १ सय ८१, म्यादी प्रहरी ३ सय ३९, क्षेत्र नं ५ मा नेपाल प्रहरी १ सय ७८ र म्यादी प्रहरी ३ सय २९ परिचालन गरिएको छ ।

    यस्तै क्षेत्र नं ६ मा नेपाल प्रहरी १ सय ६९, म्यादी प्रहरी ३ सय १७, क्षेत्र नं ७ मा नेपाल प्रहरी एक सय ५९, म्यादी प्रहरी २ सय ९३, क्षेत्र नं ८ मा नेपाल प्रहरी १ सय ३८, म्यादी प्रहरी २ सय ४४, क्षेत्र नं ९ मा नेपाल प्रहरी १ सय ९२, म्यादी प्रहरी ३ सय ५३ र क्षेत्र नं १० मा नेपाल प्रहरी २ सय २६ र म्यादी प्रहरी चार सय २० परिचालन गरिएको प्रवक्ता मैनालीले बताए ।

    यसका साथै नेपाल प्रहरीले काठमाडौँमा निर्वाचनलाई मध्यनजर गर्दै मोबाइल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन, आचारसंहिता उल्लङ्घन अनुगमन, नाकामा सुरक्षा जाँच  गर्दै आएको छ । निर्वाचनको मिति नजिकिएसँगै नेपाल प्रहरीले रात्रिकालीन सुरक्षा जाँचलाई समेत कडाइ गरेको छ । 


    images
    images

    Logo