images
images

मेगा र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार फुकुवा


  • 344
    SHARES
  • २०७९ मंसिर २ गते शुक्रबार

    मेगा र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार फुकुवा

    काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले मङ्सिर १ गतेको निर्णय अनुसार दुवै बैंकको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । यी दुई बैंकहरु मर्जरमा प्रक्रियामा रहेको कारणले नेप्सेमा कारोबार रोक्का राखेको थियो । 

    नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम दुवै बैंकको शेयर कारोबार फुकुवा भएको हो ।

    यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा  जाने कम्पनीको शेयर कारोबार  अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ । दुवै बैंकले हालै मात्र लाभांश घोषणा गरेका छन् । 


    images
    images

    Logo