काठमाडौं । खानेपानीको अनलाइन भुक्तानी सेवा ४ दिनको लागि बन्द हुने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आज एक सुचना जारी गर्दै खानेपानी महशुलको अनलाइन भुक्तानी सेवा मंसिर ६ गते बिहान १० बजेदेखि मंसिर ९ गते बेलुका ५ बजेसम्म बन्द हुने जनाएको हो ।
सम्बन्धित सेवाको सफ्टवेयर प्रणालीहरू अद्यावधिक गर्नुपर्ने भएको हुँदा अनलाइन सेवा प्रभावित हुने कम्पनीले जनाएको छ । यो अवधिभर कम्पनीको सम्पूर्ण शाखा कार्यालयहरूका अनलाइन भुक्तानी सेवा बन्द रहनेछ ।
यो सँगै कम्प्युटर मार्फत हुने नयाँ धारा जडानको आवेदन र गुनासो संकलनको काम पनि बन्द रहने कम्पनीले जनाएको छ ।
