काठमाडौं । ट्विटरका सबै कार्यालय अस्थायी रूपमा बन्द हुने भएका छन् । ट्विटरले तत्कालै कार्यान्वयनमा आउने गरी केही समयका लागि आफ्ना कार्यालय बन्द गर्ने जानकारी कर्मचारीलाई दिएका छन् । कार्यालय बन्द गर्नुको कारणबारे ट्विटरले केही खुलाएको छैन ।
बीबीसीले देखेको सन्देशमा कामदारहरूलाई नोभेम्बर २१ नोभेम्बर सोमबारदेखि कार्यालयहरू खुल्ने जानकारी दिएको थियो । तर यो सूचना ती खबरबीच आएको हो जसमा ट्विटरका थुप्रै कर्मचारीले जागिर छोड्ने तयारी गरिरहेका छन् ।
एलन मस्कले यस हप्ता ट्विटरका कर्मचारीहरूलाई उनीहरूले लामो समयसम्म कडा परिश्रम गर्न वा कम्पनी छाड्न प्रतिबद्ध हुनुपर्ने बताए ।