काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि बिशीवार बोर्डको अनुमति पाएको हो ।
कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीको सो आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङलाई नियुक्त गरेको छ ।