काठमाडौं । आज सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कायम भएको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।