images
images

कतार विश्वकपमा कन्टेनरबाट बनेको अचम्मको रंगशाला


  • 570
    SHARES
  • २०७९ मंसिर २ गते शुक्रबार

    कतार विश्वकपमा कन्टेनरबाट बनेको अचम्मको रंगशाला

    काठमाडौ । मंसिर ४ गतेदेखि शुरूहुने कतार विश्वकपका लागि अचम्मको रंगशाला निर्माण गरिएको छ । स्टेडियम ९७४’ को सो रंगशाला ९७४ वटा पुराना कन्टेनरबाट निर्माण गरिएको अचम्मको रंगशाला हो ।

    विश्व कपका लागिमात्र भनेर सो रंगशाला निर्माण गरिएको  हो । कतारको दोहामा रहेको स्टेडियम ९ सय ७४ फिफा विश्वकप हुने इतिहासकै पहिलो अस्थायी रंगशाला हो ।

    सन् २०२१ नोभेम्बर ३० मा उद्घाटन गरिएको यो रंगशालामा विश्वकप २०२२ का सात खेल हुनेछन् । २०२१ मा तयार भएको यो रंगशाला ९ सय ७४ रिसाइकल ढुवानी कन्टेनरहरूबाट बनेको छ । अझ अनौठो कुरा के छ भने विश्वकप सकेपछि यो रंगशाला भत्काइनेछ । विश्वकपकै लागि मात्र यो रंगशालाको निर्माण गरिएको हो ।

    आर्किटेक्ट फेनविक रिव्यारेनद्वारा स्टेडियम ९७४ को डिजाइन गरिएको थियो । वाटरफ्रन्ट साइटमा निर्माण गरिएको रंगशाला ४ लाख ५० हजार वर्ग मिटरमा फैलिएको छ । यो रंगशालाको दर्शक क्षमता ४० हजार रहेको छ । अझ रोचक तथ्य त के छ भने कतारको अन्तर्राष्ट्रिय कलिङ कोड ९ सय ७४ को सम्मानमा ९ सय ७४ वटा रिसाइकल ढुवानी कन्टेनरहरूको प्रयोग गरेर यो रंगशाला निर्माण गरिएको हो ।

    प्रयोग भएका केही कन्टेनरहरूमा बाथरुमलगायत दर्शकलाई सहज हुने अरु सुविधा पनि रहेका छन् । रंगशालामा प्रयोग गरिएको ढुवानी कन्टेनर र सिट विश्वकपपछि कतारले भत्काउने छ । यसअघि यो रंगशालाको नाम ‘रास अबु अबाउद’ रहेको थियो । तर, २० नोभेम्बर २०२१ मा एक प्रक्षेपण कार्यक्रम गरी यो रंगशालाको नाम ‘स्टेडियम ९७४’ राखिएको हो । एजेन्सीको सहयोगमा


    images
    images

    Logo