images
images

गठबन्धनले बहुमत ल्याए ज्येष्ठ नागरिकलाई ६५ वर्षमै भत्ता दिन्छौँ : प्रवक्ता डा महत


  • 448
    SHARES
  • २०७९ मंसिर १ गते बिहीबार

    गठबन्धनले बहुमत ल्याए ज्येष्ठ नागरिकलाई ६५ वर्षमै भत्ता दिन्छौँ : प्रवक्ता डा महत

    काठमाडौं । सत्तारूढ दलबीचको गठबन्धनले बहुमत प्राप्त गरेमा ज्येष्ठ नागरिकलाई उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षाभत्ता ६५ वर्षको उमेरमै उपलब्ध गराइने नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताएका छन् ।

    लोकतान्त्रिक–वाम गठबन्धन, निर्वाचन क्षेत्र नं २ नुवाकोटले आज बट्टारमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले अहिलेको सरकार महिला, बालबालिका तथा आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गको हितमा काम गर्ने भएकाले सामाजिक सुरक्षाभत्ता पाउने उमेर ६५ वर्ष कायम गराउन कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनको बहुमत आवश्यक रहेको बताए ।

    “विसं २०५२ मा नेपालीको आयु ५४ वर्ष रहेकामा अहिले त्यो बढेर ७१ वर्ष पुगेको छ । त्यसलाई बढाएर ८० वर्ष पु¥याउन चाहन्छौँ”, डा महतले भने, “त्यसका लागि ज्येष्ठ नागरिकको स्वास्थ्य सुविधा सुनिश्चित र उनीहरूको मनोबल उच्च बनाउन ७० वर्षमा पाउने सामाजिक सुरक्षाभत्ता कांग्रेस नेतृत्वको सरकारले ६८ वर्षमा पाउने बनाएको छ । अब गठबन्धनले बहुमत ल्याए त्यसलाई ६५ वर्षमा नै पाइने बनाउँछौँ ।”

    अहिलेको गठबन्धन कोही कसैलाई विजयी गराउन र र सत्ताप्राप्तिका लागि नभई देशलाई समृद्धितर्फ लम्काउन गरिएको उनले स्पष्ट पारे । देशमा आर्थिक सामाजिक रूपान्तरण, लगानीमैत्री वातावरण तथा उद्योग–पर्यटनमार्फत रोजगारको सिर्जना गर्नसकेमा सामाजिक सुरक्षाको सुनिश्चिततासहित शिक्षा र स्वास्थ्यको गुणस्तर वृृद्धि गराउने गठबन्धन दलको लक्ष्य रहेको पूर्वमन्त्री तथा कांग्रेस प्रवक्ता डा महतको भनाइ छ ।

    नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदमा सामानुपातिक उम्मेदवार रहनुभएका उनले पार्टीका कार्यकर्तालाई इमान्दारीपूर्वक गठबन्धनको साझा उम्मेदवारलाई मत दिन र समानुपातिकतर्फ नेपाली कांग्रेसलाई अत्यधिक मत ल्याउनतर्फ लाग्न निर्देशन दिए । 


    images
    images

    Logo