images
images

मुस्ताङ घुम्न आउनेको संख्या बढ्यो, आन्तरिक पर्यटकमै बाहुल्यता 


  • 588
    SHARES
  • २०७९ मंसिर १ गते बिहीबार

    मुस्ताङ घुम्न आउनेको संख्या बढ्यो, आन्तरिक पर्यटकमै बाहुल्यता 

    काठमाडौं । मुस्ताङ घुम्ने पर्यटकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । केही समयदेखि बाह्य पर्यटक भन्दा आन्तरिक पर्यटको भिड लाग्ने गरेको छ । कोरोना संक्रमणको कारणले दुई वर्षयता सुनसान जस्तै बनेको मुस्ताङमा यस वर्ष भने पर्यटकको चहलपहल बढेको छ । 

    यस बर्ष विदेशी पर्यटक भन्दा आन्तरिक र भारतीय पर्यटक धेरै देखिएको छ । हिन्दू धर्मावलम्बीको तीर्थस्थल मुक्तिनाथ दर्शन गर्न र मुस्ताङको भूबनोटको दृश्यावलोकन गर्न धेरै जसो पर्यटक पुग्ने गर्दछन् ।यसका साथै जोमसोम, मार्फागाउँ, लेते, कागवेनी, छुसाङ लगायतका बजारले गर्दा यहाँ पर्यटको भिड लाग्ने गरेको छ । 

    जोमसोम मात्रै नभई अपर मुस्ताङ, मार्फागाउँ, लेते, छुसाङ, मुक्तिनाथ मन्दिर दर्शन गर्ने आन्तरिकसँगै विदेशी पर्यटकको सङ्ख्या बढदै गएको छ । यसका साथै विशेष गरि मुक्तिनाथ मन्दिरको दर्शनको लागि आउने गर्दछन् । मुक्तिनाथ मन्दिर हिन्दू र बौद्ध धर्मालम्वीहरुको प्रसिद्ध तीर्थस्थल हो मुक्तिनाथ मन्दिर । ३८ सय मिटर उचाईमा रहेको छ । मन्दिरभित्र भगवान् मुक्तिनाथको तामाको मूर्ति रहेको छ भने यसका साथै मनले चिताएको पुग्ने विश्वासका साथ यहाँ पुग्नेले १ सय ८ धारा र २ वटा कुण्डमा स्नान गर्ने गर्छन् ।

    त्यस्तै, मुस्ताङ घुम्न आउने मध्ये कतिपय मुक्तिनाथको दर्शन गरेर मात्रै फर्कन्छन् भने कतिपय उपल्लो मुस्ताङ लोमन्थाङ पुगी नेपाल र चीनबीचको कोरोला नाकासम्म पुगेर फर्कने गर्दछन् ।

    कसरी जाने मुस्ताङ ?

    मुस्ताङ जानको लागि सडकको पहँचको कारणले गर्दा काठमाडौंबाट बस, जीपबाट जान सकिन्छ । काठमाडौंबाट पोखरा करिव २ सय किलोमिटर रहेको छ भने त्यहाँबाट पोखरबाट जोमसोम करिव १ सय ५० किलोमिटर रहेको छ । जोमसोमबाट करिव ८० किलोमिटर पार गर्नुपदर्छ ।

    मुस्ताङ जिल्लाका बजारमा साना, मझौला, ठूला होटेलहरू छन् । जहाँ कोठाको भाडा १ हजार ५ सय रूपैयाँदेखि होटेलको स्तर अनुसार पर्ने गर्दछ । सादा खानाको ४ सय रूपैयाँदेखि ६ सय सय रूपैयाँसम्म पर्दछ ।


    images
    images

    Logo