images
images

चालु पुँजी कर्जासम्वधी मार्गदर्शनमाथि राष्ट्र बैंकले माग्यो सुझाव 


  • 277
    SHARES
  • २०७९ मंसिर १ गते बिहीबार

    चालु पुँजी कर्जासम्वधी मार्गदर्शनमाथि राष्ट्र बैंकले माग्यो सुझाव 

    काठमाडौं ।  चालु पुँजी कर्जासम्वधी मार्गदर्शनमाथि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सुझाव माग गरेको छ । बुधबार बैंकले सुचना जारी गर्दै उक्त मार्गदर्शन कार्यान्वयनकामा समस्था देखिएको भए मंसिर १० गतेभित्र सुझाव पठाउन भनेको हो । 

    राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयनमा आएको हो । राष्ट्र बैंकले गत भदौ ७ मा उक्त मार्गदर्शन जारी गरेर कात्तिक १ देखि लागू हुने बताएको थियो । तर, मार्गदर्शनका केही व्यवस्था निजी क्षेत्रको हितविपरीत भएको भन्दै तिनलाई संशोधन गर्नुपर्ने माग निजी क्षेत्रका छाता संगठनहरूले राख्दै आएका थिए । राष्ट्र बैंकले निजी क्षेत्रका माग बेवास्ता गर्दै मार्गदर्शन कार्यान्वयनमा आएपछि त्यसलाई स्थगनको माग गर्दै निजी क्षेत्र आन्दोलनमा उत्रिएका छन् । 

    राष्ट्र बैंकले २ करोड वा सोभन्दा कम रकमको चालु पुँजी कर्जाको सीमा अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कायम गर्न सकिने तर विस्तृत विश्लेषणको आधारमा ४० प्रतिशतसम्म कर्जा सीमा बैंक तथा वित्तीय संस्थाले कायम गर्न सकिने छ ।

    242b1b99f2c7420db78100650c8ade82-0001.jpg

    242b1b99f2c7420db78100650c8ade82-0002.jpg

     

     

     

     


    images
    images

    Logo