काठमाडौं । विश्वकप फुटवल नोभेम्वर २१ तारिक बाट कतारमा सुरु हुने भएको छ । हरेक ४ बर्षमा हुने विश्वकप यस बर्ष कतारमा हुन लागेको हो । जसमा विश्वकपका लागि संसारभरका उत्कृष्ट ३२ टिमबीच प्रतिस्पर्धा हुनेछ । लीग खेल प्रत्येक समूहका चारचार टोलीबीच हुनेछ। विश्वकपमा सहभागी हुने ३२ राष्ट्रमा युरोपका १३ देश छन्।
अहिलेसम्म क– कसले जिते विश्वकप फुटवल ?
अहिलेसम्म विश्वकप फुटबल ८ राष्ट्रले मात्र उपाधि जितेका छन्। जसमा ब्रजिलले ५ पटक विश्वकप फुटवल जित्न सफल भएको छ भने जर्मनी र इटलीले ४ पटक जित्न सफल भएका छन् । त्यस्तै, आर्जेन्टिना, फ्रान्स र उरुग्वेले २ पटक विश्वकप फुटवल जित्न सफल भएका छन् । त्यस्तै, स्पेन र इङ्गल्यान्ड भने एक/एक पटक जितेका छन् ।
ब्रजिल : पाँच पटक (सन् १९५८, १९६२, १९७०, १९९४, २००२)
जर्मनी : चार पटक (सन् १९५४, १९७४, १९९०, २०१४)
इटली : चार पटक (सन् १९३४, १९३८, १९८२, २००६)
आर्जेन्टिना : दुई पटक (सन् १९७८, १९८६)
फ्रान्स : दुई पटक (सन् १९९८, २०१८)
उरुग्वे : दुई पटक (सन् १९३०, १९५०)
स्पेन : एक पटक (सन् २०१०)
इङ्गल्यान्ड : एक पटक (सन् १९६६)
सबैभन्दा धेरै फाइनल खेल्ने राष्ट्र जर्मनी हो जसले ८ पटक फाइनल खेलेको छ भने ब्रजिलले ७ पटक फाइनल खेलेको छ।इटलीले ५ पटक र आर्जेन्टिनाले ५ पटक फाइनल खेलेका छन्।
फाइनलमा पुगे पनि विश्व विजेता बन्न असफल देशहरू नेदरल्यान्ड्स (तीन पटक), चेकोस्लोभाकिया र हङ्गेरी (दुई/दुई) पटक र स्वीडन र क्रोयशिया (एक/एक )पटक रहेका छन्।



