काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य घटेको छ । बिहीवार छापावाला सुन प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतवारदेखि
आइतवारदेखि निरन्तर उकालो लागिरहोको सुनको मूल्यमा आज ब्रेक लागेको छ । बुधवार प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार २ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।