काठमाडौं । युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २० गते साधारण सभा बोलाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट प्रति शेयर १ हजार २ सय १५ रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले मंसिर ४ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यस अनुसार मंसिर १ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।