images
images

फेरि ३ रुपैयाँ १६ पैसाले बढेर आयो पेट्रोलको मूल्य


  • 679
    SHARES
  • २०७९ मंसिर १ गते बिहीबार

    फेरि ३ रुपैयाँ १६ पैसाले बढेर आयो पेट्रोलको मूल्य

    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले  नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । 

    बुधवार पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ १६ पैसा बढेको छ भने डिजेलको मूल्य घटेर आएको छ । डिजेलको मूल्य प्रतिलिटर १ रुपैयाँ ३० पैसा घटेर आएको निगमले जनाएको छ । 

    नयाँ मूल्यअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर १०.७६ रुपैयाँ नाफा हुनेछ। यसअघि निगमलाई प्रतिलिटर पेट्रोलमा १३.९२ रुपैयाँ नाफा थियो। यस्तै डिजेलमा भने प्रतिलिटर १० रुपैयाँ ८३ रुपैयाँ  घाटा रहने निगमले   जनाएको छ  ।

    हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८१ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ कायम रहेको छ ।


    images
    images

    Logo