images
images

बम विस्फोटमा परेर दुई जना घाइते


  • 390
    SHARES
  • २०७९ मंसिर १ गते बिहीबार

    बम विस्फोटमा परेर दुई जना घाइते

    नेपालगञ्ज । नेपालगञ्जमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । नेपालगञ्ज१० भृकुटीनगरस्थित एक घरमा बम विस्फोट भएको  प्रहरीले जनाएको छ । 

    बुधबार साँझ ७ः४५ बजेतिर बम बनाउने क्रममा विस्फोट भएको प्रहरीको  अनुमान  छ । सो घटनामा परी दुई जना घाइते भएका छन् । 

    बम बनाउने क्रममा विस्फोट हुँदा दुई जना  घाइते भएको प्रहरीले जनाएको छ । अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विस्फोट हुँदा घरको सिलिंगमा क्षति भएको छ । 

    उनीहरु नेत्र विक्रम चन्द ९विप्लब० समूहका कार्यकर्ता रहेको जनाइएको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा अध्ययनरत सल्यानका एक जना विद्यार्थी सो घरमा एक बर्षदेखि बस्दै आएका थिए । उनकै कोठामा बम विस्फोट भएको जनाइएको छ।

    कोठामा थप बम पनि भेटिएपछि नेपाली सेनाले कोठाबाट बाहिर निकालेर खुला चौरमा बम डिस्पोज गरेको छ । सो घट्नापछि प्रहरीले सुरक्षा जाँचमा कडाइ गरेको छ ।


    images
    images

    Logo