images
images

९० जना म्यादी प्रहरी कारबाहीमा, कुन प्रदेशबाट कति परे ?


  • 483
    SHARES
  • २०७९ कार्तिक ३० गते बुधबार

    ९० जना म्यादी प्रहरी कारबाहीमा, कुन प्रदेशबाट कति परे ?

    काठमाडौं । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् ।

    प्रहरी नायब महानिरीक्षक एवं  प्रहरी  प्रवक्ता  टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् । “आचार संहिता विपरित काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो”, उनले भने, “कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन् । उनीहरुलाई पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कारबाही गरिएको हो ।”

    प्रवक्ता राईका अनुसार अनुसार  कारवाही पर्नेमा प्रदेश नं १ मा ४८ , काठमाडौं उपत्यकामा एक  र बागमती प्रदेशमा पाँच रहेका छन्  । 

    त्यसैगरी गण्डकी प्रदेशमा २४ , लुम्बिनी प्रदेशमा चार , कर्णाली प्रदेशमा एक  र सुदूरपश्चिममा सात छन् । काठमाडौँ उपत्यका सहित सात प्रदेशमा १ लाख १५ हजार म्यादी प्रहरीको कोटा रहेकामा हाल १ लाख १४ हजार आठ सय ७७ उपस्थित भएका छन् । यसमा पुरुष ८४ हजार दुई सय ४८ र महिला ३० हजार छ सय २९ छन् ।


    images
    images

    Logo