काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । बिहीवार बैंकले सो रकम बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको हो ।
बैंकले ९१ दिन अवधिको लागि २अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । त्यस्तै, १८२ दिन अवधिको लागि १२ अर्ब ४७ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ भने ३६४ दिन अवधिको ११ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
उक्त ट्रेजरी बिल ९१ दिनको फागुन ९ गते परिपक्व हुनेछ । १८२ दिन अवधिको आगामी जेठ २ गते परिपक्व हुनेछ भने १६४ दिन अवधिको आगामी मंसिर ५ गते परिपक्व हुनेछ । यो ट्रेजरी विल बिहीवार दिउँसो २ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ ।
उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, तथा सर्वसाधारण नागरिकले सहभागि हुन सक्नेछन् ।



