images
images

एनसीसी बैंकको साधारणसभा स्थगित गर्न निर्देशन


  • 331
    SHARES
  • २०७९ कार्तिक ३० गते बुधबार

    एनसीसी बैंकको साधारणसभा स्थगित गर्न निर्देशन

    काठमाडौं ।नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी ) बैंकको साधारणसभा स्थगित गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । 

    सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत सञ्चालका रहेको सो बैंकले मङ्सिर २ गते गर्न लागेको सभा रोक्न आयोगले निर्देशन दिएको हो ।

    मौन अवधि सुरु भइसकेपछि यसरी ठूलो सङ्ख्यामा मानिस भेला गराई राजनीतिक प्रभाव पार्ने उद्देश्यले भोजभतेरसमेतको व्यवस्था गर्न लागेको उजुरी परेपछि आयोगले सभा रोक्न निर्देशन दिएको हो।

    निर्वाचन आचारसंहिता विपरीत त्यसरी साधारणसभा गर्दा निर्वाचन आचारसंहिता उल्लङ्घन हुने आयोगले जनाएको छ ।

    “कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन हुँदैन” भन्ने व्यवस्था निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) मा रहेको छ ।


    images
    images

    Logo