images
images

काठमाडौं महानगरले हटायो एकै भवनबाट ४३ वटा बोर्ड


  • 282
    SHARES
  • २०७९ कार्तिक ३० गते बुधबार

    काठमाडौं महानगरले हटायो एकै भवनबाट ४३ वटा बोर्ड

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बानेश्वरको एकै भवनबाट ४३ वटा बोर्ड हटाएको छ । मापदण्ड विपरीत र अनुमति नलिई राखिएका परिचय पाटी हटाउने कार्यक्रमको थालनी भएको दोस्रो दिन २ सय ६० वटा बोर्ड हटाइएको हो । 

    पूर्व क्षेत्रको बानेश्वरमा रहेको एउटै भवन (बानेश्वर प्लाजा) बाट ४३ वटा बोर्ड हटाइएको र यसका लागि दिनभर लागेको नगर प्रहरी निरीक्षक लीलाराज गाछाले जानकारी दिए । मध्य क्षेत्रअन्तर्गत पुतलीसडकबाट ४३ वटा, उत्तर क्षेत्र महाराजगञ्च चोकदेखि शंखपार्कतर्फबाट ७२ वटा र पश्चिम क्षेत्र कालीमाटीबाट बल्खुतर्फको सडक खण्डबाट १ सय २ वटा परिचय पाटी हटाइएको छ ।

    पहिलो दिन पूर्वमा गौशालाबाट ९४ वटा, पश्चिममा कालीमाटीबाट ५३ वटा, उत्तरमा महाराजगञ्ज चोकबाट ८० वटा र मध्य क्षेत्र रामशाह पथ पुतलीसडकबाट ४८ वटा गरी २ सय ७५ वटा सामग्री हटाइएको थियो ।


    images
    images

    Logo