काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले मंसिर १० गते साधारण सभा बोलाएको छ ।
कम्पनीले चुक्ता पूँजीको ४.२१०५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले मंसिर १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यस अनुसार कात्तिक ३० गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन्