images
images

बैंकको साधारणसभा स्थगन गर्न निर्देशन


  • 373
    SHARES
  • २०७९ कार्तिक २९ गते मंगलबार

    बैंकको साधारणसभा स्थगन गर्न निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकलाई साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ । 

    आयोगले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका व्यक्तिसमेत सञ्चालक रहेको त्यस बैंकको साधारणसभा आगामी मङ्सिर २ गते काठमाडौँमा सम्पन्न हुने गरी आयोजना गरिएको र मौन अवधि सुरु भइसकेपछि ठूलो सङ्ख्यामा मानिस भेला गराई राजनीतिक प्रभाव पार्ने उद्देश्यले भोजभतेरसमेतको व्यवस्था गर्न लागेको उजुरी परेपछि आयोगले सभा रोक्न निर्देशन दिएको हो । 

    निर्वाचन आचारसंहिता विपरीत त्यसरी साधारणसभा गर्दा निर्वाचन आचारसंहिता उल्लङ्घन हुनुका साथै सार्वजनिक शान्ति र सुव्यवस्थामा समेत खलल पर्नसक्ने भएकाले आयोगले निर्देशन दिएको हो ।

     


    images
    images

    Logo