images
images

निर्वाचन हार्ने निश्चित भएपछि आर्थिक प्रलोभनको साहारा लिदै  एमाले उम्मेदवार : दुर्लभ थापा


  • 390
    SHARES
  • २०७९ कार्तिक २९ गते मंगलबार

    निर्वाचन हार्ने निश्चित भएपछि आर्थिक प्रलोभनको साहारा लिदै  एमाले उम्मेदवार : दुर्लभ थापा

    भक्तपुर । सत्ता गठबन्धनको तर्फबाट भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार दुर्लभ थापाले निर्वाचन हार्ने निश्चित भएपछि विपक्षी दल र उम्मेदवार आर्थिक प्रलोभनमा पारेर निर्वाचन जित्ने दाउमा लागि परेको आरोप लगाएका छन् ।

    नेपाली कांग्रेस भक्तपुरका सभापति समेत रहेका थापाले  लोकतान्त्रिक बामगठबन्धनको बिजय सुनिश्चित रहेको अवस्थामा बिपक्षी उम्मेदवार विभिन्न व्यक्ति तथा समुदायलाई आर्थिक प्रलोभनमा पारेर चुनाव जित्ने ध्याउन्नमा लागेको बचाए। 

    नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं.२ र नेपाल प्रेस युनियन जिल्ला शाखा भक्तपुरले आयोजना गरेको उम्मेदवार र पत्रकारबीचको भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार थापाले  थापाले आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरुको हार निश्चित भएको बताए । 

    जनता लोकतन्त्रको पक्षमा रहेकोले प्रतिगामी शक्तिहरु आगामी निर्वाचनमा परास्त हुने उल्लेख गर्दै थापाले संविधानको रक्षा गर्दै लोकतन्त्रको संस्थागत गर्नु नै लोकतान्त्रिक वाम गठबन्धनको प्रमुख उद्देश्य भएको उल्लेख गरे ।

    शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशिलता, सडक, खानेपानी, सरसफाई जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय नै आफुहरुको मुल एजेण्डा भएको बताउदै थापाले आफुहरु झुठा आश्वासन बाँडेर जनतालाई भ्रमित पर्दै चुनाब जित्ने प्रयत्नमा नलाग्ने थापाको भनाइ थियो । २०७४ को प्रतिबद्धता कति पुरा भयो भनी विगतका जनप्रतिनिधिलाई प्रश्न सोध्न आग्रह गर्दै थापाले विगतका जनप्रतिनिधिहरुले जग्गा व्यवसायीहरुसँग मिलेर सार्वजनिक जग्गा र खोला समेत मासेको आरोप  लगाए। 

    कार्यक्रममा सत्ता गठबन्धनका तर्फका २ (२) प्रदेशसभाका उम्मेदवार डा.राजेन्द्रमान श्रेष्ठले  आर्थिक, सामाजिक रुपान्तरण र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै मंसिर ४ मा लोकतान्त्रिक शक्तिहरु पराजित भए मुलुकको लोकतन्त्र र संविधान थप संकटमा पर्ने बताए ।

    सत्ता गठबन्धनका तर्फका २ (१) प्रदेशसभा सदस्यका उम्मेदवार विष्णुराज कार्कीले युवा अवस्थादेखि राजनीतिलाई समाज सेवाको रुपमा आफूले आत्मसाथ गर्दै आएको उल्लेखगर्दै  पार्टिभन्दा माथि उठेर यस क्षेत्रका जनताको सुख दुःखमा साथ दिने वचन दिए ।

    कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्कीले उम्मेदवार र पत्रकारबीच साक्षात्कार गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताउँदै लोकतान्त्रिक बामगठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।


    images
    images

    Logo