images
images

४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक 


  • 288
    SHARES
  • २०७९ कार्तिक २९ गते मंगलबार

    ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बेंकले उपदान तथा पेन्सन कोष र अवकास कोषमा रहेको ४० करोड रुपैयाँ मुद्धाती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले मंगलबार सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले मद्धती निक्षेपमा लगानी गर्न लागेको हो ।  

    राष्ट्र बैंकले क वर्गको वाणिज्य बैंकहरुमा ३२ करोड, ख वर्गका विकास बैंकहरुमा ६ करोड र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा २ करोड रुपैयाँ लगानी गर्ने भएको छ । 

    निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई मंसिर ८ गते कार्यलय समय भित्र जानकारी गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६७ दिन अवधिको हुनेछ । 

     

     

     

     

     


    images
    images

    Logo