काठमाडौं । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुमार खड्का बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेका हुन् । पूर्वाधारमन्त्री खड्काले समाल्दै आएका मन्त्रालय मुख्यमन्त्री आफैले सम्हाल्ने भएका छन् ।
खडकाले गठबन्धनका कास्की –२ ख का उम्मेदवार विन्दुकुमार थापालाई असहयोग गरेको भन्दै बखास्र्त गरेका हुन् । खड्काले पछिल्लो समय गठबन्धनका उम्मेदवारविरुद्ध माग्दै हिँडेको आरोप समेत लागेको छ ।