images
images

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब नाघ्याे


  • 339
    SHARES
  • २०७९ कार्तिक २९ गते मंगलबार

    झिनो अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब नाघ्याे

    काठमाडौं । आज नेप्से सामान्य अंकले घटेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार परिसूचक ६.५९ अंकले घटेर १ हजार ८ सय ९७ दशमलव ८६ विन्दुमा झरेको हो । आज २ सय २९ स्क्रिपको १ अर्ब  २ करोड रुपैयाँ बराबरको २७ लाख ४५ हजार कित्ता शेयर किनबेच भएको छ ।  

    आज नेप्से घटेरसँगै कारोबार रकमा पनि बढ्न पुगेको छ । सोमबार  ९४ करोड ८ लाख रुपैयाँमा सिमित भएको बजार आज १ अर्ब २ करोड रुपैयाँमासिमित भएको हो । आज बजारमा ४३ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ३३ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्य भने स्थिर रहेको छ । मंगलबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ।

    आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको कारोबार भएको छ । आज कम्पनीको ८ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

     

     

     

     


    images
    images

    Logo