काठमाडौं । औषधी व्यवस्था विभागले क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको भिटामिन सी औषधी बजारबाट र्फिता गर्ने निर्देशन दिएको छ । सो कम्पनीको औषधीमा न्यून गुणस्तरको पाइएको भन्दै विभागले बिक्री वितरणमा रोक लगाएको हो ।
मंगलबार एक सुचना जारी गर्दै बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिको नमूना परीक्षण गर्दा क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको (एस्कोर्बिकएसिड) भिटामिन सी नामको औषधि न्यून गुणस्तरको फेला परेको विभागले जनाएको छ ।
यो औषधि क्याल्सियम तथा भिटामिन ट्याब्लेटहरु हो । याे कम्पनीकाे औषधि बिक्री वितरणमा रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सो औषधिको सिफारिस तथा प्रयोग नगर्न विभागले अनुरोध गरेको छ ।
