images
images

सरकारले आगामी चुनावको लागि छुट्यायो २० अर्ब रुपैयाँ बजेट


  • 242
    SHARES
  • २०७९ कार्तिक २९ गते मंगलबार

    सरकारले आगामी चुनावको लागि छुट्यायो २० अर्ब रुपैयाँ बजेट

    काठमाडौं । सरकारले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि २० अर्ब रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयले आउँदो चुनावका लागि कुल २० अर्ब ४ करोड ८३ लाख रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको हो । 

    आउँदो चुनावमा निर्वाचन आयोगका लागि १० अर्ब रुपैयाँ छुट्याएको छ भने निर्वाचनको सुरक्षाका लागि १० अर्ब ४ करोड ८३ लाख रुपैयाँ बजेट छुट्याइएको छ । मन्त्रालयले निर्वाचन आयोगलाई भन्दा धेरै बजेट सुरक्षाका लागि छुट्याएको छ । सुरक्षाको लागि छुट्याएको रकम आयोगलाई दिइएको भन्दा ४ करोड ८३ लाख रुपैयाँले बढी हो । 

    गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालयहरू, इलाका प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गर्ने खर्चको सीमा ९ अर्ब १ करोड ३७ लाख रुपैयाँ छ । रक्षा मन्त्रालय मार्फत नेपाली सेनालाई ९७ करोड ७३ लाख रुपैयाँ र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मार्फत राष्ट्रिय अनुसन्धान विभागलाई ५ करोड ७३ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

    s.jpg


    images
    images

    Logo