images
images

ललितपुरमा बालिकालाई करणी गरेको अभियोगमा २ जना पक्राउ


  • 336
    SHARES
  • २०७९ कार्तिक २९ गते मंगलबार

    ललितपुरमा  बालिकालाई करणी गरेको अभियोगमा २ जना पक्राउ

    ललितपुर । ललितपुरमा २ बालिकामाथि जबरजस्ती  करणी गरेको अभियोगमा एक व्यक्ती पक्राउ परेका छन् ।  

    सोमवार १० वर्षीया र ११ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा गोदावारी नगरपालिका–३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्‍वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरूले दुवै जना बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    images
    images

    Logo