images
images

४ दिन विद्यालयहरुलाई सार्वजनिक दिने सरकारको निर्णय 


  • 443
    SHARES
  • २०७९ कार्तिक २९ गते मंगलबार

    ४ दिन विद्यालयहरुलाई सार्वजनिक दिने सरकारको निर्णय 

    काठमाडौं । सरकारले ४ दिन विद्यालयहरुलाई विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार एक सुचना जारी गर्दै सरकारले मतदानस्थल रहेका विद्यालयहरूलाई मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

    मन्त्रालयका अनुसार ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको सन्र्दभमा मतदान स्थल रहेका विद्यालयहरूलाई ४ दिन विदा दिने निर्णग गरेको छ । अन्य क्षेत्रमा भने चुनावका लागि २ दिन बिदा दिइएको छ। सार्वजनिक तथा सरकारी कार्यालयहरूमा मंसिर ४ र ५ गते बिदा दिने निर्णय भएको उनले जानकारी दिए।

    यसैबीच त्रिभुवन विश्वविद्यालयले पनि आगामी मङ्सिर १ देखि ५ गतेसम्म विश्वविद्यालयका सबै क्याम्पस र कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । विश्वविद्यालयका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको छ ।

    कतिपय क्याम्पसमा मतगणना केन्द्रसमेत राखिएको हुँदा विश्वविद्यालयका दैनिक काम कारबाहीमा असर पुग्ने देखिएकाले विदा दिने निर्णय गरिएको विश्वविद्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।

    यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पनि मतदानका दिन आन्तरिक उडानतर्फ नियमित उडान नहुने जनाएको छ । सो कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आन्तरिकतर्फका नियमित उडान हुनेछैन । यद्यपि चार्टर उडान भने हुनेछ ।

    home ministri.jpg

     


    images
    images

    Logo