images
images

काठमाडौं महानगरले हटायो २७५ वटा अनधिकृत परिचय पाटी


  • 438
    SHARES
  • २०७९ कार्तिक २९ गते मंगलबार

    काठमाडौं महानगरले हटायो २७५ वटा अनधिकृत परिचय पाटी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले पहिलो दिनमा २ सय ७५ वटा अनधिकृत परिचय पाटी हटाएको छ । मापदण्ड विपरीत र अनुमति नलिई राखिएका परिचय पाटी हटाउने कार्यक्रमको थालनी भएको पहिलो दिन कार्तिक २८ गते काठमाडौँका ४ क्षेत्रबाट यी सामग्री हटाइएको हो । 

    महानगर प्रहरी बलका नगर प्रहरी निरीक्षक लीलाराज गाछाकाअनुसार पूर्वमा गौशालाबाट ९४ वटा, पश्चिममा कालीमाटीबाट ५३ वटा, उत्तरमा महाराजगञ्ज चोकबाट ८० वटा र मध्य क्षेत्र रामशाह पथ पुतलीसडकबाट ४८ वटा सामग्री हटाइएको हो ।  

    ३० वर्गफुटसम्म आकारमा राखिएको एउटा मात्र बोर्ड भए नियमित गर्न प्रोत्साहन गरिएको छ । एकभन्दा बढी बोर्ड भए, ३० बर्गफुटभन्दा ठूलो आकारको भए हटाइएको छ । यसका लागि परिचालन गरिएका हरेक टोलीमा कम्तीमा १५ जना खटिएका छन् । 

    उनीहरुले भर्याङ्, वायर कटर, आइरन कटरलगायतका साधन तथा उपकरण प्रयोग गर्ने गरेका छन् । उनीहरुलाई हेल्मेट, पञ्जालगायत व्यक्तिगत सुरक्षाका साधन उपलब्ध गराइएको छ । 

     


    images
    images

    Logo