images
images

निरन्तर उकालो लाग्दै सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 568
    SHARES
  • २०७९ कार्तिक २९ गते मंगलबार

    निरन्तर उकालो लाग्दै सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचादी बजारमा आजपनि सुनको मूल्य बढेको छ । मंगलवार छापावाला सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    छापावाला सुन आइतवारदेखि निरन्तर रुपमा बढिरहेको छ । आइतवार प्रतितोला ६ सय रुपैयाँले बढेर ९६ हजार ७ सय रुपैयाँ पुगेको थियो भने सोमवार सुनको मूल्य ५ सय रुपैयाँले बढेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज फेरि एकैदिन १ हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँ पुगेको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ३ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


    images
    images

    Logo